गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय

प्रदेश आयुर्वेद चिकित्सालय, गोरखा

नेपाल

कार्यालय प्रमुख

डा.प्रशान्त पण्डित

सूचना अधिकारी

कुशल कृष्ण शर्मा


koontzal@gmail.com

हाम्रो बारेमा

यस प्रदेश आयुर्वेद चिकित्सालय गोरखाको स्थापना वि.सं. २०५० सालमा भएको हो । प्रारम्भमा यो नेपाल सरकार ,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आयुर्वेद  विभाग अन्तर्गत घैरुंङ्ग  वतासे गोरखामा स्थापना भएको थियो । संघीय गणतन्त्र स्थापना भइ  सात प्रदेशको विभाजन पश्चात यस कार्यालय गण्डकी प्रदेश सरकार,सामाजिक विकास मन्त्रालय,स्वास्थ्य निर्देशनालय अन्तर्गत रहन गयो ।  गण्डकी प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्थापना भएपछि  यस कार्यालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य निर्देशनालय अन्तर्गत रहेको थियो ।गण्डकी प्रदेशमा पुनः  स्वास्थ्य मन्त्रालयको स्थापना पछि सो मन्त्रालय अन्तर्गत यस कार्यालय रहेको छ । विगतमा यस कार्यालयले पालुंङ्गटार  आयुर्वेद  औषधालय, दर्बुङ्ग  फुजेल आयुर्वेद औषधालय,घ्यालचोक आयुर्वेद औषधालय,मनकामना आयुर्वेद  औषधालय, सौरपानी आयुर्वेद औषधालय,गोरखाबजार आयुर्वेद  औषधालय,गरी हाल विभिन्न स्थानीय तहमा रहेका ६ आयुर्वेद  औषधालय समेतको आर्थिक प्रशासनिक जिम्मेवारी वहन गर्दै आएको थियो ।संघियता पछि आयुर्वेद औषधालयहरु स्थानीय सरकार अन्तर्गत रही संचालन भईरहेका छन् । वर्तमान अबस्थामा यो कार्यालय सदरमुकाम गोरखाबजार देखि २५ कि.मी.को दुरीमा शहिदलखन  गाउँपालिका वडा नं-६ घैरुंङ्ग, वतासे बाट सेवा संचालन गरिरहेको छ । यस कार्यालयको स्थापना पश्चात नि:शुल्क  विरामी परिक्षण एवं  औषधि वितरण सेवा संचालन गर्दै आईरहेको छ । नेपालको संविधानको धारा ३५ मा राज्यबाट प्रदान गरिने स्वास्थ्य सेवालाई नागरिकको  मौलिक हक  अन्तरगत राखी  ”आधारभूत स्वास्थ्य सेवा,सुविधा नि:शुल्क रुपमा प्रत्येक  नेपाली नागरिकले पाउने हक हुनेछ” भनेर उल्लेख गरिएको छ । यस कार्यालयले  भने स्थापना कालदेखि नै नि:शुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ ।


समाचार तथा गतिविधि